
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले सर्वहारा र श्रमजिवी वर्गको हकहितका पक्षमा आफू सधै उभिने बताउनुभएकाे छ ।
आज (बिहिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्ताे बताउनुभएकाे हाे । साथै उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयमा विभिन्न सुधारका काम भइरहेको समेत बताउनुभएको छ ।
उहाँले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको समेत बताउनुभयो ।
आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्नेगरी काम गर्ने उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्