१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिडफिल्डर राई राष्ट्रिय फुटबल टोलीमा फर्किए


507
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बिहिबार) विशाललाई टोलीमा राखिएको जनाएको हो। यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका थिए।

जसमा विशाल परेका थिएनन् । नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

प्रत्येक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।