
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ टेलिकमबाहिरका पौडेललाई प्रवन्ध निर्देशक नियुक्त गरेको हो ।
टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सूचना तथा प्रसारण मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
उता, टेलिकम कर्मचारीहरु भने संस्थाभित्रैबाट प्रबन्ध निर्देशक नियुक्त गर्न दबाब दिँदै आन्दोलनमा थिए । अर्याल नेतृत्वको समितिले पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरे पनि पौडेलले उनीहरुलाई उछिनेका हुन् ।
प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल पुसमा समाप्त भएसँगै तीन महिनादेखि टेलिकमको प्रवन्ध निर्देशक पद खाली थियो ।
प्रतिक्रिया दिनुहोस्