७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लखनउद्वारा दिल्ली ६ विकेटले पराजित


455
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लखनउको जितमा क्विन्टन डी ककले ८० अर्धशतकीय इनिङ खेले । कप्तान केएल राहुलले २४, कुर्नाल पान्डयले अविजित १९ तथा दिपक होडाले ११ रन बनाए । दिल्लीका कुलदिप यादवले २ तथा शार्दुल ठाकुर र ललित यादवले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो । दिल्लीका लागि पृथ्वी शले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, ऋषव पन्तले अविजित ३९ र सर्फराज खानले अविजित ३६ रन बनाए । लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट लिए ।

जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली ३ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।