१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बार्सिलोना बराबरीमा रोकियो


182
Shares

काठमाडौं । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।

बिहीबार राति फ्रान्कफुर्टको मैदानमा भएको खेलमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा टोरेसले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग अप्रिल १५ बार्सिलोनाको मैदान हुनेछ ।