
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुई मोटरसाइकल एक आपसमा जुध्दा २ जना चालकको मृत्यु भएको छ भने दुवै मोटरसाइकलमा पछाडी सवार २ जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरन कुमार मडै र अर्का मोटरसाइकल चालक कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्