
काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन लगायतका बिवषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले इमेजखवरलाई जानकारी दिएको छ ।
छलफलमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दहरुबीच तालमेल गरेर जाँदा समस्या देखिन सक्ने स्थानीय तहमा कसरी जाने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्