५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध


260
Shares

काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ ।

सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र श्रीखण्डपुरमा सवारीसाधन आवतजावत नै बन्द गरेका छन । एम्बुलेन्स, विद्यालय बस, तरकारी, दुध ढुवानी गर्ने सवारी साधनलाई प्रवेश दिइएको छ । समयमै सडक नबन्दा धुलोका कारण समस्या भएको स्थानीयको गुनासो छ ।

सडक कालेपत्रे सुरु नगरेसम्म अवरोध कायम रहने स्थानीयले बताएका छन् । बनेपा–पनौती सडकको ६ किलोमिटर मध्ये अब करिब डेढ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ ।

उता, पनौती नगरपालिकाले भने सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको जनाएकाे छ ।