१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षण सिकाईमा कानूनी रुपमा सुधार भए विद्यालयको सुधार हुन्छ: मन्त्री पौडेल


104
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ प्रक्रिया,भौतिक र कानूनी रुपमा सुधार भएमात्रै सार्वजाजिक विद्यालयको सुधार हुने बताउनुभएको छ ।

काठमाडौंको श्री पब्लिक जुद्धोदय उच्च माध्यमिक विद्यालयको ८३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज (शुक्रबार) सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विद्यालयमा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद दिदैं विद्यालयको उत्तोरउत्तर प्रगतीको कामना समेत व्यक्त गर्नुभयो ।

विद्यालयका सञ्चालक समितीका अध्यक्ष कुमारदेव मानन्धरले,विद्यालयको भवन निर्माणका क्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिनुभयो । श्री पब्लिक जुद्धोदय उच्च माध्यमिक नेपालको दोश्रो पुरानो स्कुल हो ।

यस विद्यालयको स्थापना दरबारहाई स्कुलपछि बि.स. १९९५ मा भएको थियो ।