५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


१३ जनामा कोरोना संक्रमण, ४४ संक्रमणमुक्त


156
Shares

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार १ सय ५५ जनामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ९ सय ८० जना रहेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नहुँदा ६ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।