२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तानका प्रधानमन्त्री खान पदच्यूत

संसदले भोलि नयाँ प्रधानमन्त्री चयन गर्ने

962
Shares

काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् ।

लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका छन् ।

आफूविरुद्धको अविश्वासको प्रस्ताव पास हुने देखेपछि प्रधानमन्त्री खानले संसद विघटन गर्दै चुनाव घोषणा गरेका थिए । खानको यो निर्णयविरुद्ध विपक्षी दलहरुले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै अविश्वासको प्रस्तावमाथि छलफल गर्न आदेश दिएको थियो । त्यसपछि शनिबार भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएका हुन् ।

संसदमा भएको मतदानमा अविश्वासको प्रस्ताव पास हुन १ सय ७२ भोट आवश्यक रहेकोमा १ सय ७४ भोट परेको छ । पाकिस्तानको संसदले भोलि सोमबार नयाँ प्रधानमन्त्री चयन गर्दैछ । इमरान खानले आफुलाई अमेरिकाको षड्यन्त्रमा बलजफ्ती हटाईएको आरोप लगाउँदै अब बन्ने नयाँ सरकारलाई आफुले नचिन्ने बताएका छन् ।