२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खानेपानी नहुँदा विद्यार्थीलाई समस्या


130
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ओख्रेमा रहेको देउराली आधारभुत विद्यालयमा खानेपानीको समस्या हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।

विद्यालय परिसरमा पानी व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु पानी खान तथा शौचका लागि घरमै जानुपर्ने बाध्यता भएका हुन् ।

विद्यालयमा पानी व्यवस्थापनका लागि पटक पटक स्थानीय सरकारसँग माग गरेपनि सुनुवाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर निरौलाले जानकारी दिनुभएको छ ।

पानीको समस्या भएका कारण शौचालय भएर पनि प्रयोग नभएको साथै सरसफाईमा पनि समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक सिर्जना योङहाङको भनाई छ ।

यस विद्यालयमा ४५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।