
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ ।
खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ ।
खनालले आगामी ३ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने छन् ।
खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।
३४ जनाको आवेदन परेकोमा क्यानले अन्तिम चरणमा ९ जनाको मात्र अन्तर्वार्ता लिएको थियो । जसबाट क्यानले खानलाई नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस्