
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा आवश्यकताका आधारमा वडा तहसम्मै गठबन्धन कायम हुने बताउनुभएकाे छ ।
प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार भेटघाट कार्यक्रममा आज (आइतबार) बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पार्टीको नीति अनुसार स्थानीय तहको लागि १ महिना अघि नै उम्मेद्वार छनोट गर्नुपर्ने भएतापनि त्यसाे हुन नसकेको बताउनुभयो । उहाँले गठबन्धनलाई साथमा लिएर जाँदा उम्मेदार छनोटमा केही ढिला भएको समेत बताउनु भएको छ ।
तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने बताउँदै उहाँले संविधानको रक्षाको लागि चुनावमा कांग्रेसलाई जिताउन आग्रह समेत गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्