३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आज देशभरकाे माैसमकाे अवस्था कस्ताे छ त ?


689
Shares

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा भने आँशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षाको समेत सम्भावना रहेको छ ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

केही स्थानमा भने क्षणिक वर्षाको समेत सम्भावना रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।