
web pic
काठमाडौं । नेपालगञ्जमा आइतबार राति कारले ठक्कर दिँदा तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।
बिपी चोक नजिकै सडकमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । ठक्कर दिने कार चालकले नै उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा तीनै जनाको मृत्यु भएको हो ।
कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्