१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भायानेटका ग्राहकले मिदास इ–क्लास निःशुल्क चलाउन पाउने


104
Shares


काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ।

यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् ।नर्सरी देखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिनेछ । ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाईलाइ अझ सहज र रमाइलो बनाउँछ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा विश्वास भायानेटको रहेको छ ।
भायानेटले २०७९ बैशाख महिनाभर आफ्नो ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिनेछ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लास दाबि गर्नुपर्नेछ।