२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङका मन्दिरमा आन्तरिक पर्यटकको भीड


78
Shares

बागलुङ । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ ।

थाेरै मात्रमा पर्यटक देखिने बागलुङमा दुई वर्ष यता धेरै पर्यटक देखिन थालेका छन् । मुक्तिनाथ, ढोरपाटन र कालिका दर्शनका लागि आउने पर्यटकको चाप बागलुङमा निकै बढेको छ । लामो पुल, पञ्चकोट लगायतका स्थानले आफूहरुलाई तानेको पर्यटकहरु बताउँछन् ।

कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोक्ने सवारी साधनहरुको चाप थेग्न मुस्किल छ । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप एक्कासी बढेको पर्यटन व्यवसायी बताउछन् ।

भर्जिन पर्यटकीय क्षेत्रका रुपमा एकदमै अगाडी बढेको बागलुङ विस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरुको आर्थिक सवलीकरणमा समेत सुधार हुन थालेको छ ।