
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २५ गतेदेखि सुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा आइतबार सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायीको सहभागिता रहेको नेपाल पर्यटन बाेर्डले जनाएको छ ।
व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना गरिएको हो ।
मार्टमा सिमावर्ती भारतीय शहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर र भारतको राजधानी दिल्लिबाट करिब ६० जना टुर अपरेटरहरुलाई सहभागी गराईएको थियो ।
काठमाण्डौं लुम्बिनी र चितवन केन्द्रित नेपालको पर्यटन बजारलाई सबै क्षेत्रमा विस्तार गर्ने सोचका साथ बाेर्डले कार्यक्रम आयोेजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्