१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आइएमई पे र दराजवीच सम्झौता


169
Shares

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नु भएको छ । यो संझौतासँगै आइएमई पेका सेवाग्राहीले दराजबाट अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । आइएमई पेका सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान, २०७८ चैत्र २८ देखि २०७९ बैशाख ७ सम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि साढे १२ सम्म १० प्रतिशत छुट, १ हजार अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक रस आवरको आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम ७५० रुपैयासम्म हुने ब्यवस्था मिलाइएको आइएमई पेले जनाएको छ ।

रस आवरको समय बिहान ८ बजे देखि साढे ८ सम्म र दिउँसो ३ बजे देखि साढे ३ बजेसम्म हुनेछ । सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको आइएमई पेले जनाएको छ ।