
काठमाडौं । एएफसी फुटसल एसिएन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा साेमबार ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
नेपालले सुरुआती एक गोलको अग्रता बनाए पनि पछि सम्हालिन नसक्दा फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल खाएको हो ।
आदील हामिदले तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा यो अग्रता टिक्न सकेन । हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्