१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा इमरान खानको पार्टीले देशव्यापी प्रदर्शन गर्ने


520
Shares

एजेन्सी । संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्यूत गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको बैठकले पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेको विरोधमा पनि प्रदर्शन गर्ने भएको हो ।

‘हामीले बुधबारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भन्नुभयो ।

निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो ।

अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।