१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारसँग साढे ६ महिनाको आयात धान्ने रकम छ : डा. विजय पौडेल

‘विदेशमा भएकालाई श्रोत नखोजी ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाऔं’

8.242k
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनुभयो ।

‘अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ, भनेजस्तो कडा शंकट छैन,’ उहाँले भन्नुभयो, ‘विदेशमा आफन्त भएकाहरूलाई श्रोत नखोजी ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको शंकट हट्छ ।’

उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरूले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताउनुभयो ।

ऋणमा रहेका व्यवसायीहरूलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालोसूचीमा नपर्ने र काम पनि हुने तर्क गर्नुभयो ।

उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनुभयो ।

‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाव आउँछ,’ उहाँले भन्नुभयो, ‘उद्योगीहरू पनि ब्ल्याकलिस्टमा पर्दैनन्, काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ ।’