
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।
अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुभयो ।
पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।
सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आह्वान गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने विषयमा पनि सरकार लागि परेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्