म घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस्ः प्रधानमन्त्री

news

काठमाडौं, चैत १२ । प्रधानमन्त्री केपी ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आह्वान गरेका छन् ।

आफू घरमै बसेर सरकार सञ्चालन गरिरहेको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बस्न आग्रह गरेका हुन् ।

बुधबार आफ्ना सामाजिक सञ्जालमा फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’

कोरोना भाइरसका कारण उत्पन्न हुनसक्ने जोखिम कम गर्न सरकारले देशभर लकडाउन गरेको छ । सरकारले ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...