
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न लागिएको हो ।
आयोजनाको हेडवक्र्स र सुरूङ सफा गर्ने काम सकिएसँगै पानी सुरूङमा पानी पठाउन लागिएको हो ।
अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना रहे पनि काठमाडौंमा पानी आईपुग्न अझै कम्तिमा १० दिन लाग्ने देखिएको छ । सुरूङमा पानी हालेपछि सुरुङ भरिएर सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा पानी आइपुग्न १० दिन लाग्ने भएकाले काठमाडौंवासीका धारामा पानी आउन समय लाग्ने भएको हो ।
गतवर्ष चैत १७ गते मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
निर्वाचन आचारसंहिता लागू भईसकेकाले सुरुङमा पानी पठाउने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम भने स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्