१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना


299
Shares

काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेकाे छ ।

आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार राती भने देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ।

प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।