
काठमाडौं । भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेकाे छैन ।
भारतको झारखण्डमा गत आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको केबलकारका दुई वटा डब्बा ठोक्किएपछि उक्त केबलकार रोकिएको हो ।
केबलकारमा रहेका यात्रुहरु जहाँको त्यहीँ रोकिएका छन् । ५ वटा डब्बामा १५ जना अड्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसरी अड्किनेहरुमा विदेशी पर्यटकहरु समेत रहेको जनाइएको छ ।
तीन जनाको भने केबलकारबाट खसेर मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्