७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


इन्धन आयातमा वृद्धि


1.768k
Shares

काठमाडौं । वीरगञ्ज नाका भएर भित्रने इन्धनकाे आयातमा उलेख्य वृद्धि भएको छ ।

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालूआवको सोही अवधिमा ५६ अर्ब ७० करोड ६३ लाख भन्दा बढी मूल्यको इन्धन आयात भएको छ ।

यो अवधिमा १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । चालूआर्थिक वर्षको साउनदेखि फागुन सम्म एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार किलोलिटर बढी इन्धन र एक लाख ८७ हजार मेट्रिक टन बढी ग्यास आयात भएको विरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यो समीक्षा अवधिको तुलनामा चालूआवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो । चालूआर्थिक वर्षमा संक्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन

भएकाले इन्धनको आयात बढी भएको विरगञ्ज भन्सार कार्यालयले जनाएकाे छ ।