१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा दुई दिनदेखि टेलिकमको सेवा अवरुद्ध


65
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल टेलिकमको सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।

चट्याङले ओखलढुङ्गादेखि पत्ताले क्षेत्रका विभिन्न स्थानमा जमिनमुनि बिच्छ्याइएको अप्टिकल फाइबरमा आगजनी भएको नेपाल टेलिकम सल्लेरीकी सूचना अधिकारी रञ्जु फुयाँलले जानकारी दिनुभयो ।

आगजनीले नेपाल टेलिकमको मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा समेत ठप्प भएको छ । यस्तै सिस्टम नचल्दा टेलिकम कार्यालय सल्लेरीबाट प्रवाह हुने सेवा समेत प्रभावित बनेको छ ।

समस्या समाधानका लागि सल्लेरीस्थित कार्यालयबाट प्राविधिक सहितको टोली परिचालन भइसकेको कार्यालय प्रमुख महम्मद अकबर अलीले जानकारी दिनुभयो ।

धेरै ठाउँको फाइबरमा क्षति पुगेकाले समाधान हुन केही दिन लाग्ने कार्यालयले जनाएको छ ।