
काठमाडौं । अमेरिकाको न्युयोर्क सब वे स्टेशनमा भएको गोली प्रहार हुँदा १६ जना घाइते भएका छन् ।
न्युयोर्कको ब्रुकलिनमा रहेको सब वे स्टेशनमा एक अज्ञात बन्दुकधारीले सर्वसाधारण माथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।
गोली प्रहार लगत्तै फरार भएका उनको ब्यापक खोजी भईरहेको प्रहरीले बताएको छ ।
गोली प्रहार गर्नु अघि बन्दुकधारीले धुँवा निस्कने बम फाल्दा सर्वसाधारणलाई श्वास प्रश्वासमा समस्या भएको थियो । अनुहार पुरै ढाक्ने गरी मास्क लगाएका ती ब्यक्तिले गोली प्रहार गर्नुको उद्देश्य प्रष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस्