२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिकाे बैठक आज बस्दै


130
Shares

काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ ।

पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ ।

गत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाेर्डमा को-को रहने भन्ने विषयमा भने सहमति हुन नसकेपछि सो विषय त्यत्तिकै रहेको छ । स्थानीय निर्वाचनमा पनि महानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन बाेर्डले नै गर्ने भएकाले बाेर्ड गठन गर्नु जरुरी छ ।

त्यसैगरी गत फागुन ३ गते कार्य समिति भङ्ग गरिएका १० वटा भातृ संस्थामा तदर्थ नेतृत्व चयन पनि हुन नसकेकाले कांग्रेस बैठकमा सो विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।