
अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१२ वर्षीया बालिका अर्भका आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्थिन् । उको वार्षिक परीक्षा चलिरहेको थियो ।
दुर्गाफाटबाट बरपोख्रासम्म ढुंगा लिएर हिँडेको ट्याक्टरले बालिकालाई किचेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
ट्याक्टर चालक सुशील कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्