१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय मञ्चमा आएका प्रस्तावमा नेपालले महत्त्वका आधारमा मतदान गर्छ : परराष्ट्र मन्त्रालय


91
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमाथि भएको आक्रमणको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावमाथि महत्वका आधारमा मतदान गर्ने गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालले हालसम्म राष्ट्र संघको निकायमा भएको मतदानमा चार पटक युक्रेनको पक्षमा मत दिएको बताउनुभयो ।

उहाँले युक्रेनमाथि विनाकारण गरिएको आक्रमणको नेपालले विरोध गरेको भन्दै निर्णयहरू विरोधाभास नरहेको जिकिर गर्नुभयो ।

न्युयोर्क, जेनेभा र भियनामा भएको विभिन्न मतदानमा सहभागी भएको भन्दै प्रवक्ता लम्सालले युक्रेनलाई राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउने विषयलाई प्राविधिक र प्रगतिगत विषय रूपमा हेरिनुपर्ने बताउनुभयो ।

श्रीलंका र पाकिस्तानमा भएको घटनाक्रमलाई पनि नजिक नियालिरहेको भन्दै प्रवक्ता लम्सालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन चाँडो गर्न नेपाल उत्सुक रहेको बताउनुभयो ।

उहाँले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिनुभयो ।