
काठमाडौं । नेपाल परिवार दल र नेकपा (एमाले)बीच स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जानेबारे पाँचबुँदे सहमति भएको छ ।
बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट महामन्त्री सन्तोषकुमार पौडेलेले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् ।
सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, परिवार दलले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।
त्यसैगरी एमाले र परिवार दलको जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यका लागि प्रस्ताव तयार गर्ने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने भएका छन् ।
दुई दलबीच स्थानीय निर्वाचनमा मिलेर जानका लागि केही दिनदेखि छलफलमा थिए ।
आजै एमालेले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजानन्त्र पार्टी नेपालसँग पनि पाँच बुँदे सहमति गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्