
काठमाडौं । नेकपा (एमाले)बाट वीरगन्ज महानगरपालिकाको मेयरका लागि विजय सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।
अहिले पनि वीरगन्जका मेयर रहेका सरावगीलाई वैशाख ३० गते हुने चुनावका लागि एमाले नगर कमिटीले पुनः सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर पदमा चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गर्नुभएको थियो । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ ।
लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको कुरा भइरहेकाले उपमेयरको उम्मेदवार सिफारिसमा ढिलाइ भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्