उपभोग्य वस्तुको आपूर्ति सहज बनाउः मानवअधिकार आयोग

news

काठमाडौं, चैत्र १३ । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउन अर्थात् बन्दाबन्दीका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारलाई भनेको छ ।

लकडाउन उल्लंघन नगर्न आह्वान गर्दै आयोगले, ‘सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालन गरी घरभित्रै रहन र त्यसको अवज्ञा नगर्न’ भनेको छ ।

अवज्ञा गर्नेलाई पनि मानवोचित व्यवहार र कानून बमोजिम कारवाही गर्न आयोगले सम्झाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...