२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नयाँ वर्षमा पूर्वराजाको गुनासाे- ‘व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेन’


611
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गर्नुभएको छ ।

नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना दिँदै शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्ने धारणा राख्नुभएको छ । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने उहाँको भनाइ छ ।

शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।

देशको आर्थिक स्थिति नाजुक बन्दै गएको प्रति संकेत गर्दै नेपालीको घर–घरमा बढ्दो महंगीसँगै थपेको आर्थिक बोझले जीवन धान्न मुश्किल परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।