
काठमाडौं, चैत १३ । एनसेलले ‘स्टे होम प्याकेज’ तथा रिचार्जमा ५० प्रतिशत बोनस योजना ल्याएको छ ।
एनसेल सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र ‘स्टे होम प्याक’ ल्याएको हो ।
कम्पनीले यस प्याकेजअन्तर्गत् सापटी रकमलाई बढाइ ५०० सम्म पुर्याएको छ ।
साथै, हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस तथा १५ जीबी डेटा भोलुमसहितको ‘स्पेसल डेटा स्टे होम प्याक’ ल्याएको छ ।
एनसेलले ल्याएका यी योजना ३० दिनसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्