
एजेन्सी । बलिउडको सबैभन्दा चर्चित जोडी मानिएको रणवीर कपुर र आलिया भट्ट आज बिवाह बन्धनमा बाँधिदैछन् ।
महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि नै शुरु भएको हो । १३ अप्रिलमा दुबैको मेहन्दी कार्यक्रम रहेको थियो । जसमा करिना कपुर, करिश्मा कपुरदेखि पूजा भट्ट सम्म पुगेका थिए । दुवैको विवाहको तयारी पूरा भएको भारतीय संचार माध्यमले जनाएका छन् । बिवाहका लागि गीत संगितका कार्यक्रमहरु पनि तय गरिएको छ । यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरूको सहभागी हुनेछन् । बिवाहको सूचिमा धेरै ठुला कलाकार र फिल्म निर्देशकको नाम समावेश गरिएको छ ।
उनीहरुको बिवाह १४ या १५ अप्रिल कहिले हुने हो भन्ने एकिन भएको थिएन । यस अघि उनीहरुको विवाह १५ अप्रिलमा हुने भनेर भारतीय संचारमाध्यमले बताएका थिए । उनीहरुको बिवाह उत्सवमा भारतका धेरै सेलब्रिेटी कलाकारहरु उपस्थित भएका छन् । भारतीय संचार माध्यमका हेडलाइनहरु पनि यही विबाहको बारेमा लेखिएका छन् । यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ र सामाजिक सञ्जालमा उनीहरुको लागि शुभकामनाले भरिएको छ। उनीहरुका लाखौं प्रशंसकहरू विश्वभर छन्।
आलियाले आफुले सानै उमेरदेखि रणवीरलाई मन पराएको र बिवाह गर्न चाहेको कुरा बारम्बार मिडियामा गर्दै आइरहेकी थिइन् । उनीहरु बिवाह बन्धनमा बाँधिएको हेर्न प्रशंसकहरु लामो समयदेखि प्रतिक्षामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्