
काठमाडौं । श्रोत नखुलेको भारतीय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका–१ सुनसरीका ३८ वर्षीय सुरज ऋषिदेव र ३८ वर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चैत २८ गते दिउँसो बिराटनगर–१५ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ तीन लाख आठ हजार पाँच सय बरामद गरेको छ ।
श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक शान्तीराज कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्