१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६८९ जनालाई हिमाल आरोहणको अनुमति, २५० ले सगरमाथा चढ्ने


143
Shares

काठमाडौं । कोभिड–१९ महामारीपछि पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्वतारोहणमा केही उत्साह देखिएको छ ।

वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले अहिले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी आरोहीले अनुमित लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति दिइएको छ । हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको मन्त्रालयले जनाएको छ ।

सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुबै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोहीको संख्या ४ सयको हाराहारीमा थियो ।