१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भोलिबाट


156
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टीमले भोलि (शुक्रबार)बाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा तयारी थाल्ने जनाएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।