२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


श्रीमानले बोलाएको एक घण्टामा महिलाको मृत्यु भएपछि माइती पक्षको प्रदर्शन


7.397k
Shares

बुटवल । रूपन्देहीमा एक महिलाको शंकास्पद मृत्यु भएपछि माइती पक्षले प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको मृत्यु भएपछि मृत्यु शंकास्पद भन्दै माइतीपक्षले प्रर्दशन गरेका हुन् ।

बिहीबार जानकीनगर माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका हुन् ।

मृतकका श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।