
काठमाडौं । विश्व बैंकले नेपालको चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा विश्वव्यापी चुनौति बाबजुद नेपालले सुस्त तर क्रमिक आर्थिक वृद्धि हासिल गर्ने जनाएको हो ।
नेपालले कोरोनाको खोप प्रभावकारी परिचालगरेसँगै सेवा क्षेत्रमा आएको सुधारले यो वृद्धि सम्भव हुने देखिएको बैंकले जनाएको छ ।
आगामी आर्थिक बर्ष २०२२/०२३ मा भने नेपालको आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।
विशेषगरी रुस युक्रेन युद्धका कारण यसअघि गरिएको प्रक्षेपण भन्दा नेपाल लगायत यस क्षेत्रकै आर्थिक बृद्धि खुम्चिने आंकलन विश्व बैंकले गरेको हो ।
विश्व बैंकले यसअघि दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धिदर ६ दशमलब ६ प्रतिशत रहने अनुमान गरेकोमा १ प्रतिशत विन्दुले घट्ने देखिएको जनाएको छ ।
नेपाल सरकारले बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेकोमा उक्त लक्ष्य प्राप्ति चुनौतीपूर्ण हुने देखिएको छ ।
किनभने एशियाली विकास बैंकले पनि यो वर्ष ३ दशमलव ९ र अर्को वर्ष ५ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्