
फाइल तस्बिर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको बताउनुभएको छ ।
बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनुभएको हो।
उहाँले मापन गर्ने प्रविधिमा विकास हुँदै गए पनि मापन प्रक्रिया अझै अत्याधुनिक प्रविधिबाट हुन नसकेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालले नयाँ भूमिसुधार गर्न जरुरी रहेको भन्दै मापन प्रक्रियालाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्