२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज चुनाव हुँदै


7.67k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज शुक्रबार मतदान हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको टक्करले पोखरामा मेयरको उम्मेदवार सर्वसम्मत गर्न नसकिएको हो ।

उम्मेदवारको टुंगो लगाउन शुक्रबार अपरान्ह १२ देखि १ बजेसम्म मतदान हुँदैछ । पोखरा महानगर कमिटीभित्रका ११० जना कार्यसमिति सदस्यले मतदान गर्ने छन् ।

निर्वाचनमा गुरुङ समूहको तर्फबाट पुष्पज्योति ढुङ्गाना, मिनाकुमारी गुरुङ र दीपक पौडेललाई सम्भावित उम्मेदवारको रुपमा खडा गरिएको छ भने अधिकारी समुहबाट प्रदेश सांसद कृष्ण बहादुर थापा, वडा नं. १३ का अध्यक्ष दर्शन लामा र सावित्री भण्डारीलाई नगरप्रमुखको रूपमा उठाइएको छ ।

बहुमत ल्याउने समूह नै पोखराको नगरप्रमुखका लागि महानगर कमिटीले सिफारिस गर्ने छ ।