
Web Pic
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बिहीबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २२ वर्षीय पंकज यादवको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्