१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप, करिब सय घाइते


234
Shares

काठमाडौं । जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् ।

जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् ।

९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको बताइएको छ ।

झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो । झडपमा केही इजरायली प्रहरी पनि घाइते भएका जनाइएको छ ।