२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


थप १५ जनामा कोरोना भाइरस पुष्टि


78
Shares

काठमाडौं । नेपालमा कोरोनाबाट थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ९ सय ३ जनामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

देशभर ४ सय ३८ जना आइसोलेसनमा रहँदा संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।